दैलेखकी ४४ वर्षिया महिलाको नेपालगन्जमा मृत्यु


दैलेखकी ४४ वर्षिया महिलाको नेपालगन्जमा मृत्यु

नेपालगन्ज: नारायण नगरपालिका वडा नम्बर २, दैलेख निवासी ४४ वर्षिया एक महिलाको उपचारका क्रममा मृत्यु भएकोछ।

कोरोना संक्रमित ती महिलाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । यो भन्दा पहिले बाँके बाहिरी जिल्लाका ३३ जना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भइसकेको छ ।

जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगजनमा २४ गते भर्ना भएकी ती महिलाका उपचारका क्रममा मङ्गलबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमणको आशंकामा उनको २४ गते स्वाब परीक्षण गर्दा २५ गते बेलुका ४ बजे आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना संक्रमित ती महिलालाई बचाउन अक्सिजन सहित भेन्टिलेटरमा राखी रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नहुदाँ दुवै तर्फको फोक्सोको निमोना भइ मृत्यु भएको केन्द्रले जनाएकोछ ।