नेपालमा कुल कोरोना संक्रमित संख्या दुई लाख नजिक


नेपालमा कुल कोरोना संक्रमित संख्या दुई लाख नजिक

नेपालगन्ज : नेपालमा कोरोना संक्रमितको संख्या झण्डै दुई लाख नजिक पुगेकोछ । नेपालमा मङ्गलबार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर १२ हजार ९६० जनाको पीसीआर हुदाँ थप दुई हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा एक हजार ५९ महिला र एक हजार ६७७ पुरुष रहेका छन् । यो सगैं नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७ सय ६० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप ८५३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । भने निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यो सँगै अब देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर २२ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसअघि सोमबार १८ जना र आईतबार २१ जनाको मृत्यु भएको थियो । 

मन्त्रालयका अनुसार प्रदेश १ को ईलाममा २, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ९३, तेह्रथुममा १, तेह्रथुममा २, धनकुटामा ११, पाँचथरमा ३, भोजपुरमा ३, मोरङमा ४७ र सुनसरीमा ७८ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धुनषामा १६, पर्सामा ५, बारामा १९, महोत्तरीमा १३, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा ११ र सिरहामा १४ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १ सय १, चितवनमा १ सय ६८, दोलखामा २४, धादिङमा ६, नुवाकोटमा २२, भक्तपुरमा ८६, मकवानपुरमा १२, रामेछापमा ६, ललितपुरमा १ सय ९३, सिन्धुलीमा ९ र सिन्धुपाल्चोकमा २० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९४, गोरखामा २१, तनहुँमा ७, नवलपरासी पूर्वमा ४१, पर्वतमा ६, म्याग्दीमा ४, लमजुङमा ८, वागलुङमा ८ र स्याङजामा २० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ११, गुल्मीमा २७, दाङमा ४५, नलवपरासीमा १५, पाल्पामा २२, प्यूठानमा ४, बर्दियामा ३१, बाँकेमा २२, रोल्पामा १० र रुपन्देहीमा ८८ जनामा कोरोना पाइएको छ ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ५, रुकुम पश्चिममा १, सल्यानमा २ र सुर्खेतमा ४ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिमको हुम्लामा १, अछाममा ३, कञ्चनपुरमा १८, कैलालीमा ५४, डडेल्धुरामा ४, डोटीमा १, दार्चुलामा ३, बझाङमा १० र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।