नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो


नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो

नेपालगन्ज : नेपालमा थप दुई हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५६९ संक्रमित थपिएका हुन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ । भने देशभर बुधबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६६६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६२ हजार २४३ जना डिस्चार्ज भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

देशभर आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार १०९ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा कोरोना संक्रमित थप २६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार एक सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो । यसअघि सोमबार १८ जना र आईतबार २१ जनाको मृत्यु भएको थियो ।

पछिल्लो केही सातायता कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्यामा समेत बृद्धि भइरहेको छ ।