कोरोना संक्रमित थप १५ जनाको मृत्यु


कोरोना संक्रमित थप १५ जनाको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणबाट नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीबारको प्रेस व्रिफिङ्ग यस्तो जानकारी दिएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार एक सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो । भने मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो । यसअघि सोमबार १८ जना र आईतबार २१ जनाको मृत्यु भएको थियो ।