थप एक महिना कडाईका साथ सीमानाका बन्द


थप एक महिना कडाईका साथ सीमानाका बन्द

नेपालगन्ज : नेपालगसंग जोडिएको अन्तराष्ट्रिय सीमानाका थप एक महिनाका लागि लम्बाइएकोछ ।

सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै थप एक महिनाका लागि प्रतिबन्ध लगाएको हो ।

सरकारको यो निर्णयसगैं नेपालसंग जोडिएको अन्तराष्ट्रिय सीमानाकामा थप कडाईका साथ आगामी मंसिर ३० गतेसम्म प्रतिबन्ध लम्बाएकोे छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले सीमानाका बन्द सम्बन्धि जानकारी गराएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सरकारले यसअघि कात्तिक ३० गतेसम्म सीमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाएकोछ ।