१९१३ कोरोना संक्रमित थपिदाँ १५ जनाको मृत्यु


१९१३ कोरोना संक्रमित थपिदाँ १५ जनाको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका थप एक हजार ९१३ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ९१३ संक्रमित थपिएका हुन् । यो सगैं देशभर कुल संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबार थपिएका कोरोना संक्रमितसगैं देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६४ हजार ५९२ जना डिस्चार्ज भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

हालसम्म १५ लाख ८४ हजार ३१७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर ९७४ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार एक सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो । भने मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो । यसअघि सोमबार १८ जना र आईतबार २१ जनाको मृत्यु भएको थियो ।