नेपालगन्ज : कोरोना भाइरस संक्रमणका थप एक हजार ९१३ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ९१३ संक्रमित थपिएका हुन् । यो सगैं देशभर कुल संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबार थपिएका कोरोना संक्रमितसगैं देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६४ हजार ५९२ जना डिस्चार्ज भएका छन् ।
हालसम्म १५ लाख ८४ हजार ३१७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर ९७४ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार एक सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो । भने मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो । यसअघि सोमबार १८ जना र आईतबार २१ जनाको मृत्यु भएको थियो ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल