बाख्राको मासु बेच्ने थ्री स्टार फ्रेस हाउस सिल


बाख्राको मासु बेच्ने थ्री स्टार फ्रेस हाउस सिल

नेपालगन्ज : खसीको मासु भन्दै बाख्राको मासु बेच्ने नेपालगन्जका एक मासु पसलेलाई पक्राउ गरिएकोछ । योसगैं नेपालगन्जमा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने गरेको तथ्य बाहिर आएको छ ।

नेपालगन्जमा खसीको मासु भनेर बाख्राको मासु बिक्री हुने गरेको खुलासा भएको छ । मासु पसलको अनुगमनका क्रममा खसीको मासु भन्दै बाख्राको मासु बिक्री हुने गरेको फेला परेको हो ।

नेपालगन्ज उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नेपालगन्जमा रहेका मासु पसलको शुक्रबार अनुगमनका क्रममा बाख्राको मासु बिक्री हुने गरेको भेटिएको छ ।

अनुगमन टोलीले नेपालगन्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसबाट बिक्रीका लागि राखिएको ७५ केजी बाख्राको मासु र ४ वटा जिउँदो बाख्रा समेत बरामद गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मासु पसलको अनुगमनका क्रममा थ्री स्टार फ्रेस हाउसका सञ्चालक अख्तर अलिले खसीको मासु भन्दै झुक्याएर बाख्राको मासु बेच्ने गरेको फेला परेको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष प्रभातकुमारी ठकुरीले जानकारी दिए ।

सो पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्री गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रीका लागि राखिएकोले थ्री स्टार फ्रेस हाउसका सञ्चालकलाई ५० हजार जरिवाना गराउदै बन्द गरिएकोछ । वाणिज्य कार्यालयले उक्त फ्रेस हाउसलाई जरिवाना समेत गराएको हो ।

यसैगरी अनुगमनका क्रममा बिना अनुमति पसल सञ्चालन गरेको समेत पाइएको छ । फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्री बितरण भएको पाइएकाले दर्ता नहुँदासम्म व्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकरी दिए ।

उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बजार अनुगमनसँगै उपभोक्ता सचेतनामा जोड दिन अभियान सञ्चालन गरिने बताइन् ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदीलगायतको सहभागिता रहेको थियो ।