प्रियंकालाई चिनाउने माला


प्रियंकालाई चिनाउने माला

नेपालगन्ज : नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय प्रियंका कार्की औधी रूचाईएकी अभिनेत्री हुन् । उनको अभिनयसगैं काम गर्ने शैलीका कारण सबैले मन पराएका हुन् । सवैको मन जित्न सफल प्रियंका अभिनित यसवर्ष आधा दर्जनभन्दा बढि फिल्म रिलिज भइसकेका छन् । जसमा केही सफल त केही नगन्य जस्तै छ । तर पनि दिनप्रतिदिन उनको व्यस्तता उत्तिकै बढ्दै छ ।
पछिल्लो समय उनी अभिनित चलचित्र माला यही शुक्रबारबाट रिलिज हुदैछ । उनी अभिनित चलचित्र ‘माला’ सफल हुने वा नहुने ग्यारेन्टी उनी लिन सक्दिनन् । मालामा शीर्ष भूमिका निर्वाह गरेकी प्रियंका भन्छिन्, ‘म एक्लैले फिल्म हिट हुने ठेक्का लिन सक्दिन ।’ उनले ‘माला’ चल्न सक्ने सम्भावना भने देखेकी छिन् ।
फिल्ममा ‘प्यासिनेट’ भएका व्यक्तिहरूले मिलेर बनाएको हुनाले ‘माला’ राम्रो बनेको भनाई राख्दै उनले थपिन्–‘प्यासनले बनाएको फिल्म असफल हुन्छ जस्तो लाग्दैन । तर ‘माला’लाई प्रयोगात्मक फिल्म भएकोले यो आफ्नो लोभलाग्दो फिल्म भएको उनले सुनाईन । ‘माला’ सुनिएको कथा भन्दै प्रियंकाले प्रस्तुती भने भिन्न रहेको दाबी गरिन् । फिल्ममा उनले बोलेको सुन्न पाईंदैन । आवाज सुन्न नपाएपनि दर्शक आफ्नो चरित्रमा रमाउने उनको भनाई छ ।
माला चलचित्रका निर्देशक सुदीपभूपाल सिंह ‘बब्ली’ले आफूले सोचेको चरित्रमा प्रियंकाले शतप्रतिशत भूमिका निर्वाह गरेको बताए । उनले प्रियंकाको कुनै पनि फिल्म रिलिज नहुँदै ट्रेलर हेरेरै आफ्नो कथामा सुहाउने पात्र देखेको हुनाले अफर गरेको बताए । प्रियंकालाई चिन्न ‘माला’ हेरे पुग्ने दाबी गर्दै निर्देशक सिंहले भने, ‘प्रियंकाको चरित्रले भरिएको फिल्म हो ‘माला’ । दर्शकले हरेक फ्रेममा ‘माला’ पाउनु हुनेछ ।’

Kids Festival 2022
kanti aarogya hospital