‘क्याप्टेन’ को कलेक्सन २ करोड ४० लाख


‘क्याप्टेन’ को कलेक्सन २ करोड ४० लाख

नेपालगन्ज : नायक अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ ले हलमा प्रदर्शनको तीन दिन पूरा गरेको छ । आज मङ्गलवारबाट पाचौं दिनमा छ । पहिलो दिन (शुक्रवार) ओपनिङ सो औसत रहेपनि दिउँसो २ बजेबाट फिल्मले पिकअप लिएको थियो । शनिबारको बक्सअफिस भने आक्रामक रह्यो । दुई दिन हलमा अनमोलको गजबको स्टारडम देखिएको थियो ।

महाशिवरात्रीको विदालाई मध्यनजर गर्दै प्रदर्शनमा उत्रिएको फिल्मले आइतबार पनि राम्रो विजनेश ग¥यो । वितरक मनोज राठीले फिल्मले तीन दिनमा २ करोड ४० लाख ग्रस कमाई गरेको बताए । उनका अनुसार, यो कलेक्सन यस वर्षको ‘छक्का पञ्जा ३’ पछिकै सर्वाधिक हो ।
देशैभर पहिलो दिन ६५ लाख कमाएको फिल्म ‘क्याप्टेन’ ले दोस्रो दिन (शनिबार) पहिलो दिनको तुलनामा दोब्बर कलेक्सन ग¥यो । शनिबार फिल्मले १ करोड २५ लाख कलेक्सन गरेको थियो भने तेस्रो दिन (आइतबार) ५० लाखको व्यापार गरेको राठीले बताए । सोमवार पनि फिल्मले करोडको आसपास कमाई गरेको उनको अनुमान छ । फिल्मको व्यापार उपत्यका र मोफसल दुबैतिर राम्रो रहेको उनी बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

वितरक र निर्माताको कलेक्सन रिपोर्टलाई नै सत्य मान्नुको विकल्प मिडियासँग पनि छैन । ‘क्याप्टेन’ को विकेन्ड कलेक्सन रिपोर्ट कति सत्य छ ? त्यो भने वितरक र निर्माता नै जान्दछन् । ओपनिङ विकेन्ड हेर्दा भने फिल्मलाई घरेलु बजारबाट लगानी सुरक्षित गर्न गाह्रो नहुने देखिन्छ ।