आगामी ईदमा रिलिज हुदै अक्षयको ‘सूर्यवंशी’


आगामी ईदमा रिलिज हुदै अक्षयको ‘सूर्यवंशी’

नेपालगन्ज: अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ को र्फस्ट लुक सार्वजनिक भएकोछ । फिल्मले रिलीज मिति पनि पाएको छ । रोहित शेट्टी निर्देशित निर्माणाधिन सो चलचित्र आगामी ईदको समय पारेर रिलिज गर्ने तयारी भइरहेको स्वयम अक्षय कुमारले जानकारी दिएका छन् ।

अक्षयले सामाजिक सञ्जालमा चलचित्रको र्फस्ट लुक सार्वजनिक गर्दै सो जानकारी शेयर गरेका हुन् । सो फिल्ममा अक्षय कुमार एटीएस चीफ को भूमिकामा देखिनेछन् । चलचित्रमा अक्षयको भूमिका अनुसार वीर सूर्यवंशी नाम हुनेछ । यतिवेला चलचित्रको शुटिङ चलिरहेको जस अन्र्तगत पहिलो शूटिङ भारतको चर्चित सहर गोवामा राखिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital