नेपालगन्ज : कोराना महामारीका बेला रगतको अभाव देखिएपछि नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाली काँग्रेस खेलकुद बिभाग र नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए । कोरोना भाइरस महामारीमा रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान गरिएको कार्यक्रम संयोजक शान्ति सिंहले जानकारी दिइन ।
सो कार्यक्रममा नेपालमै सबैभन्दा धेरै १५६ पटक रक्त दान गर्ने नेपालगन्जका गोपीनाथ बैश्यलाई सम्मान समेत गरिएको क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।