अब कबड्डी–३ मा उपासना


अब कबड्डी–३ मा उपासना

नेपालगन्ज : क्याप्टेन फिल्मबाट डेब्यू गरेकी अभिनेत्री उपासना सिहं ठकुरीको हातमा चलचित्र कबड्डी–३ परेकोछ । उनको डेब्यू फिल्म क्याप्टेन यतिवेला नेपाली सिनेमा हलमा आक्रमक रुपमा प्रर्दशन भइरहेकोछ । क्याप्टेन चलचित्रबाट उपसानाले निर्वाह गरेकी भूमिकाको चौतफी प्रशंसा र चर्चा भइरहेकोछ । उनको अभिनय दर्शक र समीक्षक दुबैलाई मन पराएकाछन् ।

गाउँले युवतीको भूमिकामा फिट देखिएकी उनको अनमोलसँग जोडी पनि उतिक्कै सुहाएको छ । फिल्मको ‘रहर छ सँगै’ बोलको गीतपछि नै उनको सुन्दरताको चर्चा सिनेवृतमा सुरु हुन थालेको थियो । फिल्ममा देखाएको उपासनाको कामले फिल्म उधोगका लागि उदयिमानको छनक दिएको छ । अहिले धेरै फिल्ममेकरको आँखा उनीमाथि पर्न थालेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसबीच, डेब्यू फिल्म पहिलो सातामा प्रदर्शन भइरहँदा उनलाई गिनेचुनेको ब्यानर सिनेमा आर्टस्को हिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी ३’ अफर भएको छ । उपासना केही दिनयता निर्देशक रामबाबु गुरुङसँग लगातार छलफलमा छिन् । गोप्य स्रोतको जानकारीलाई आधार मान्ने हो भने फिल्ममा उनी अनुबन्ध भइसकेकी छन् । तर, उपासना फाइनल भने नभइसकेको बताउँछिन् ।

उनले केही दिनमा फिल्म गर्ने वा नगर्ने भन्ने टुंगो लाग्ने बताइन् । ‘कबड्डी’ को दुई सिरिजमा अभिनेत्री रेश्मा गुरुङ फिमेल लिड रोलमा थिइन् । यसपटक उनी नदोहोरिने बताइएको छ । उनलाई उपासनाले रिप्लेस गर्ने सम्भावना बलियो छ । यो फिल्ममा अभिनेता प्रदीप खड्काको पनि प्रवेश हुने चर्चा छ । सबै ठिकठाक रहे उपासनाको जोडी उनीसँग बाँधिनेछ ।