नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच गुल्मीको मदाने गाउँपालिका कोरोना भाइरस संक्रमण मुक्त भएकोछ ।
जिल्लामा पहिलो पटक कोरोना सक्रमित भेटिएको उक्त गाउँपालिका अहिले कोरोना संक्रमणमुक्त बनेको छ ।
पछिल्लो डेढ महिनादेखि कोरोना संक्रमणमुक्त पालिका बनेको पालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।
गुल्मी जिल्लामै पहिलोपटक मदाने गाउँपालिकाका एक जना शिक्षकको कोरोना संक्रमण बाट मृत्यु भएको थियो ।
कोरोना संक्रमण मुक्त भएपछि यतिबेला गाउँपालिकामा स्वास्थ्य सम्बन्धि उच्च सतर्कता अपनाइएकोछ । यद्यपी दशैँअघिदेखि नै सो गाउँपालिकामा विद्यालय सञ्चाल गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए ।