देशभर थप १२५५ जनामा कोरोना संक्रमण


देशभर थप १२५५ जनामा कोरोना संक्रमण

नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार देशभर ५११ महिला र ७४४ पुरुष गरी थप १२५५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४०४ जना संक्रमण मुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ ।

मन्त्रालयका अनुसार अब देशभर कोरोनाका सक्रिय संक्रमित १७ हजार ९०९ जना रहेका छन् भने कुल मृतकको संख्या १४७९ जना रहेको छ । हाल कोरोना निको हुने दर ९१.६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप २५ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो । भने शुक्रबार २३ जना, बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो । यस्तै बुधबबार २८ जना संक्रमितको मृत्यु भएको थियो । भने यस्तै मङ्गलबार २४ जनाकको मृत्यु भएको थियो ।