नेपालगन्ज : नेपालमा थप १४७५ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ ।
पछिल्लो २४ घण्टामा देशभर १४७४ जना संक्रमित थपिएका छन् । योसगैं नेपालमा कुल कोरोना संक्रमित संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९३१ जना निको भएकाछन् । योसगैं नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।
यस्तै मन्त्रालयका अनुसार सोमबार बेलुकासम्म देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार ९११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७४७ पुगेको छ ।
यसबीच कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १५ सय नाघेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २९ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट नेपालमा एक हजार ५ सय ८ जनाको ज्यान गएकोछ । यसअघि आइतबार २५ जना संक्रमितको मृत्यु भएको थियो ।