कर्णाली प्रदेशमा कोरोनाका नयाँ संक्रमित भेटिएन

देशभर १३०४ जनालाई कोरोना संक्रमण


कर्णाली प्रदेशमा कोरोनाका नयाँ संक्रमित भेटिएन

नेपालगन्ज : कर्णाली प्रदेशमा कोरोनाका नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जनाको पीसिआर परीक्षण गर्दा कुनै पनि नतिजा पोजेटिभ आएन । योसगैं कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस नयाँ संक्रमित फेला परेकोछैन ।

यसबीच, नेपालमा थप एक हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै मन्त्रालयका अनुसार सो अवधिमा २ हजार ७३ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म २ लाख १६ हजार ५९४ जना निको भएका छन् ।

मन्त्रालदयका अनुसार मङ्गलबार बेलुका सम्म नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पीसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार नेपालमा एकैदिन थप २१ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएसगैं कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ५ सय २९ पुगेकोछ ।

मन्त्रालयका अनुसार यसअघि सोमबार २९ जना संक्रमितको मृत्यु भएको थियो ।