कोरोनाबाट ज्यान गुमाउने संख्या बागमती प्रदेशमा धेरै, लुम्बिनी प्रदेश दोस्रो


कोरोनाबाट ज्यान गुमाउने संख्या बागमती प्रदेशमा धेरै, लुम्बिनी प्रदेश दोस्रो

नेपालगन्ज : देशभर १५ सय बढि कोरोना संक्रमितको मृत्यु हुदाँ बागमती प्रदेशमा मात्रै ७ सय ७४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा ९ हजार ९ सय १६ जना सक्रिय संक्रमित छन् भने १ लाख १८ हजार ६४ जना उपचारपछि निको भइसकेका छन् ।

यस्तै बागमतीपछि लुम्बिनी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या सबैभन्दा धेरै छ । लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मर्नेको संख्या २ सय २ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ४६ पुगेको छ भने निको हुनेको संख्या २३ हजार ८ सय ४६ रहेको छ ।

यसैगरी प्रदेश १ मा १ सय ९२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भने यहाँ सक्रिय संक्रमित १ हजार ९ सय ६२ रहेकाछन् । यस्तै प्रदेश १ मा २५ हजार २ सय ८४ जना उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार प्रदेश २ मा १ सय ९६ जना संक्रमितको मृत्यु हुँदा १९ हजार ५ सय ५६ जना डिस्चार्ज भएका छन् । यहाँ सक्रिय संक्रमितको संख्या ३ सय ५१ जना मात्र छ ।

हालसम्म गण्डकी प्रदेशमा १ सय ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । भने १२ हजार ६ सय ५३ जना निको भएको मन्त्रालयले जनाएको छ । यसबीच गण्डकी प्रदेशमा १ हजार ७ सय २६ जना सक्रिय संक्रमित रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, कर्णाली प्रदेशमा २३ जना संक्रमितको मृत्यु हुँदा ५ हजार ९ सय ४३ जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हाल कर्णाली प्रदेशमा १ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेश गरिएको पीसिआर परीक्षणमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् ।

यसैगरी मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म ३९ संक्रमितको मृत्यु भएको छ । ११ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन् । ६ सय ७२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।