नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ३ सय जनाको कोरोना परीक्षण गर्दा ५६५ महिला र ९२५ पुरुष सहित थप १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ३६ हजार २४६ र निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच देशभर सक्रिय संक्रमित १६ हजार ४५७ जना रहेका छन् भने हालसम्म कोरोना निको हुने दर ९२.३ प्रतिशत रहेको छ ।
यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।