तुलसीपुरका ५६ वर्षिय कोरोना संक्रमितको उपचारका क्रमाम मृत्यु


तुलसीपुरका ५६ वर्षिय कोरोना संक्रमितको उपचारका क्रमाम मृत्यु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएकोछ ।

दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षिय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर ६ गते भेरी अस्पतालको प्रि आइसोलेसनमा भर्ना भएका उनको कोरोना भाइरस संक्रमणको आशंकामा श्वाब संकलन गरि परीक्षण गरिएको थियो ।

त्यसको भोलिपल्ट मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको कोभिड वार्डमा भर्ना गरि उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्यमा सुधार नआएपछि संक्रमित पुरुषको मंसिर १७ गते बुधवार बिहान ४ः५० बजे मृत्यु भएको हो ।

मृतक पुरुषलाई प्लाज्मा थेरापी विधिवाट समेत उपचार गरिएको थियो । योसँगै उपचारका क्रममा बाहिर जिल्लाबाट बाँकेमा आई मृत्यु भएकाहरुको संख्या ५२ पुगेको छ ।