एकैदिन भेरीमा दुई कोरोना संक्रमित बृद्धको मृत्यु


एकैदिन भेरीमा दुई कोरोना संक्रमित बृद्धको मृत्यु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा एकै दिन दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार मृतक दुवैजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ आइसोलसनमा उपचाररत बाँकेका र सुर्खेतका एकएक जनाको मृत्यु भएको उनले जानकारी दिए ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर –२ का ७४ वर्षीय बृद्धको बिहीबार राती २ बजे मृत्यु भएको हो । भने सुर्खेत भेरीगङ्गा नगरपालिका–९ का ७० वर्षीय बृद्धको विहीबार बिहान १०ः५६ बजे मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसिर ६ गते अस्पताल भर्ना भएका कोहलपुरका ती बृद्धमा कोरोना संक्रमण देखिएको थियो । रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदासमेत उनको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा ज्यान गुमाउनेको सँख्या ३९ पुगेको छ ।

यस्त, मंसिर ८ गते अस्पताल भर्ना भएका सुर्खेत भेरीगङ्गा नगरपालिका–९ का ती ७० वर्षीय बृद्धको रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदा समेत उनको स्वास्थ्यमा सुधार नदेखिएपछि बिहीबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ ।

यो सँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका मृतक संंख्या ५३ पुगेको छ । यसअघि दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ का ५६ वर्षिय पुरुषको बुधबार विहान ४ः५० बजे उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो ।