नेपालगन्ज : बाँकेमा पछिल्लो ७२ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएकोछ । कोरोना संक्रमण भइ उपचारका क्रममा यी ब्यक्तिको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बाँके, बर्दियासहित सुर्खेत र दाङ्गका कोरोना संक्रमित रहेकाछन् ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत यी कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको हो । केन्द्रका अनुसार पछिल्लो ७२ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउने मध्य सबै भन्दा बढि दाङका रहेकाछन् । दाङ ४ जना संक्रमितको उपचारका क्रमाम मृत्यु भएकोछ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५, दाङ निवासी ८१ वर्षिय बृद्धको बिहीबार राती १०ः ४५ बजे उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएकोछ । कोरोना भाइरस संक्रमणको आशंकामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंसिर १३ गते भर्ना भएका ती ८१ वर्षिय बृद्धाको उपचारका लागि रेमडिसिभर र प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको केन्द्रले जनाएकोछ ।
यस्तै, हिजो बिहीबार राती ८ः१८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११, दाङका ४५ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ । मंसिर ४ गते भर्ना भएका ४५ वर्षिय पुरुष उपचारका लागि रेमडिसिभर लगायत आवश्यक सम्पूर्ण उपचार पद्धती अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको थियो ।
केन्द्रका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१६, दाङ, निवासी २६ वर्षिय पुरुषका शुक्रबार राती १२ः१० बजे उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएकोछ । मंसिर १० गते भर्ना भएका ती २६ वर्षिय पुरुषलाई रेमडिसिभर र प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको हो ।
यसैगरी बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ आइसोलसनमा उपचाररत बाँकेका र सुर्खेतका एकएक जनाको मृत्यु भएको थियो । भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर –२ का ७४ वर्षीय बृद्धको बिहीबार राती २ बजे मृत्यु भएको हो । भने सुर्खेत भेरीगङ्गा नगरपालिका–९ का ७० वर्षीय बृद्धको विहीबार बिहान १०ः५६ बजे मृत्यु भएको थियो ।
केन्द्रका अनुसार मंसिर ६ गते अस्पताल भर्ना भएका कोहलपुरका ती बृद्धमा कोरोना संक्रमण देखिएसगैं रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदासमेत उनको स्वास्थ्यमा सुधार नआएपछि बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो ।
बर्दिया गेरुवा गाउँपालिका वडा नम्बर ५ का ६० वर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहबिार विहान ७ः२० बजे मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या आई कोहलपुर मेडिकल कलेजमा भनाए भएकी ती महिलाको स्वाब संकलन गरि जाँच्दा १८ गते पोजेटिभ रिर्पोट आएको थियो । योसगैं बर्दियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संखया १३ पुगेकोछ ।
यस्तै मंसिर ८ गते अस्पताल भर्ना भएका सुर्खेत भेरीगङ्गा नगरपालिका–९ का ७० वर्षीय बृद्धको रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदा समेत उनको स्वास्थ्यमा सुधार नदेखिएपछि बिहीबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ ।
यसअघि दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ का ५६ वर्षिय पुरुषको बुधबार विहान ४ः५० बजे उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो । केन्द्रका अनुसार यो समाचार तयार पार्दासम्म बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सँख्या ३९ पुगेको छ । भने बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका मृतक संंख्या ५७ पुगेको छ ।