नेपालगन्ज : बाँकेमा कोरोना संक्रमित दुई बृद्धको उपचारका क्रममा मृत्यु भएकोछ । जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना संक्रमित भइ बाँकेमा उपचाररत बर्दिया र दाङ्गका दुई संक्रमितको मृत्यु भएको हो ।
भेरी अस्पताल नेपालगन्जमा बर्दियाका संक्रमित तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुमार दाङका संक्रमितको उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएकोछ । योसगैं बाँकेमा आई उपचारका क्रममा बाँके बाहिरका ज्यान गुमाउने संक्रमित संख्या ६२ पुगेकोछ ।
केन्द्रका अनुसार तुलसीपुर उपमहानगरपालिका– १८, दाङका ७० वर्षिय संक्रमितको शनिबार बिहान ९ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुमार मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि मंसिर १८ गते मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा पोजेटिभ पाइएका ती बृद्धलाई मंसिर १५ गते मेडिकल कलेजको कोरोना वार्डमा भर्ना गरेर थप उपचार शुरु गरिएको थियो ।
रोगको प्रकृती अनुसार आवश्यक सबै उपचार विधि अपनाउँदै गर्दा उनको स्वास्थ्यमा सुधार नभएपछि शनिबार बिहान ९ बजे उनको निधन भएको केन्द्रले जनाएको छ । यस्तै गुलरीया नगरपालिका– ७, बर्दियाका ७२ वर्षिय संक्रमितको शनिबार बिहान २ः१५ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको थियो । कोरोना पोजेटिभ पाइएका ती बृद्धलाई मंसिर ११ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरेर रोगको प्रकृती अनुसार आवश्यक सबै उपचार विधि अपनाउँदा उनको स्वास्थ्यमा सुधार नभएपछि शनिबार बिहान २ः१५ बजे उनको निधन भएको केन्द्रले जनाएको छ ।
योसगैं कोरोना संक्रमणका कारण बर्दियामा ज्यान गुमाउनेको संख्या १४ पुगेकोछ ।