नेपालगन्ज : बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठको बर्दिया सरुवा भएकोछ ।
उनको सरुवा भएसगैं केहीदिनदेखि बाँकेको कोरोना अपडेट सम्बन्धिको सूचना सम्प्रेषणमा समस्या समेत भएको थियो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका प्रमुख एवंम प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार बाँकेमा कोभिड–१९ सम्बन्धि सूचना सम्प्रेशनको जिम्मेवारी असिस्टेन्ट तेज ओलीलाई दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वङ्गका अनुसार हालका लागि जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रमा खटिएका स्वास्थ सहायक ओलीलाई जिम्मेवारी दिइएको छ ।