बाहिरी जिल्लाका ६३ जनाको बाँकेमा मृत्यु


बाहिरी जिल्लाका ६३ जनाको बाँकेमा मृत्यु

नेपालगन्ज : बाँके जिल्ला बाहिरका ६३ जना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके जिल्ला बाहिरका कोरोना संक्रमितको बाँकेमा रहेका अस्पताल तथा आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

केन्द्रका अनुसार आईतबार बिहान ४ः१५ बजे कैलालीका ३५ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि मंसिर १५ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षिय ती पुरुषलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना संक्रमित ती पुरुषको उपचारका लागि स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड अपनाउदा समेत उनको स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको केन्द्रले जनाएकोछ । योसगैं बाँकेमा उपचारका क्रममा बाँके बाहिरका ६३ जनाको मृत्यु भएको हो ।