नेपालगन्ज : कोरोना भाइरस संक्रमित थप १७ जनाको मृत्यु भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ५ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि शनिबार १० जना संक्रमितको मृत्यु भएको थियो ।