देशभर थप १०९६ जनामा संक्रमण पुष्टि


देशभर थप १०९६ जनामा संक्रमण पुष्टि

नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना पोजेटिभ पाइएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पीसीआर परीक्षण भएको छ । भने हालसम्म देशभर कुल परीक्षण संख्या १७ लाख ८४ हजार ५१९ पुगेको छ ।

मन्त्रालयका अनुसार आईतबार बेलुकासम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । भने यो अवधिमा देशभरका एक हजार ७ सय ५२ जना निको हुदाँ कुल २ लाख २५ हजार ८०५ जना निको भउकाछन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ जना रहेका छन् भने निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमित थप १७ जनाको मृत्यु भएकोछ । पछिल्लो २४ घण्टामा देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ५ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि शनिबार १० जना संक्रमितको मृत्यु भएको थियो ।