सांकेतिक तस्विर
नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दशेभर होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार बढि रहेकोछ । मन्त्रालयले सोमबार अध्यावधि गरेको कोरोना भाइरस संक्रमण सम्बन्धिको तथ्यांकमा यस्तो देखिएको हो ।
देशभर सोमबार १२ हजार ९ सय ४८ जना संक्रिय संक्रमित मध्ये ८ हजार ६० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
होम आइसोलेसनमा बस्ने सबै भन्दा धेरै बाग्मती प्रदेशमा रहेका छन् । यहाँ ४ हजार ४ सय २४ जना कोरोना भाइरस संक्रमणका विरामी होम आइसोलेसनमा रही स्वास्थ्य लाभ लिइरहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार प्रदेश १ मा एक हजार एक सय ७७ जना, प्रदेश २ मा एक सय ९६ जना, लुम्बिनी प्रदेशमा एक हजार १ सय ८९ जना, सुदूरपश्चिम प्रदेशमा ६ सय १ जना, गण्डकी प्रदेशमा तीन सय ८६ जना र कर्णाली प्रदेशमा ८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।