नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १२ हजार ६८६ अर्थात ५.२१ प्रतिशत रहेका छन् । त्यस्तै संक्रमितमध्ये एक हजार ६ सय ३७ अर्थात ०.६७ प्रतिशत निको भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित हुनेमा ५४६ महिला र ८३६ पुरुष रहेका छन् ।
देशभर कुल कोरोना संक्रमितमध्ये ८४ हजार १५५ महिला र एक लाख ५९ हजार २२२ जना पुरुष रहेका छन् । प्रतिशतका आधारमा महिला ३४.५ र पुरुष ६६.५ प्रतिशत रहेका छन् ।
मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ पुगेकोछ । भने यही समयमा देशभर थप एक हजार ६ सय २१ जना निको भएकाछन् । योसंगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ जना पुगेको छ ।
मन्त्रालयले हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण भएको पनि जनाएको छ । देशभरका क्वारेन्टिनमा ५ सय २३ जना स्वास्थ्य लाभ लिइरहेका छन् ।
यसबीच नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप २३ जनाको मृत्यु भएकोछ ।
पछिल्लो २४ घण्टामा देशभर उपचाररत २३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसंगै नेपालमा कोरोना भाइरस संक्रमणका मृत्यु हुनेको सख्ंया एक हजार ६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।