बुधबार देशभर थप १०५६ जनामा कोरोना पुष्टि
नेपालगन्ज : नेपालमा थप एक हजार ५६ जनामा कोरोना संक्रमण देखिएकोछ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३८६ महिला र ६७० पुरुषसहित १०५६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो । नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पीसिआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ५ सय २५ जना रहेका छन् भने हालसम्म कुल संक्रमितमध्ये १२ हजार २४५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै मन्त्रालयका अनुसार आज एक हजार ४ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार २३ जना संक्रमितको मृत्यु भएको थियो ।
यस्तै हालसम्म देशभर कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको छ भने अब सक्रिय संक्रमित ५.०१ प्रतिशत मात्रै रहेका छन् । यस्तै ०.८६ प्रतिशतको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार बुधबार प्रदेश १ को इलाममा ६ जना, उदयपुरमा २ जना, ओखलढुंगामा २ जना, झापामा २५ जना, धनकुटामा १ जना, पाँचथरमा ४ जना, भोजपुरमा १ जना, मोरङमा ५५ जना, संखुवासभामा ९ जना, सुनसरीमा ७५ जना र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ ।
यस्तै प्रदेश २ को धुनषामा ५ जना, पर्सामा १ जना, रौतहटमा २ जना, सप्तरीमा ९ जना, सर्लाहीमा २ जना र सिरहामा ६ जनामा कोरोना पाइएको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १८ जना, चितवनमा ६९ जना, दोलखामा १० जना, धादिङमा १८ जना, नुवाकोटमा १ जना, भक्तपुरमा ६९ जना, मकवानपुरमा ६ जना, रसुवामा २ जना, रामेछापमा ४ जना, ललितपुरमा १ सय १३ जना र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना संक्रमित भेटिएका छन् ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९७ जना, गोरखामा ६ जना, तनहुँमा ८ जना, नवलपरासी पूर्वमा २४ जना, पर्वतमा २ जना, लमजुङमा ७ जना, बागलुङमा ११ जना र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४ जना, कपिलवस्तुमा १ जना, गुल्मीमा १४ जना, दाङमा १५ जना, नलवपरासीमा ६ जना, पाल्पामा १५ जना, प्यूठानमा १ जना, बर्दियामा १४ जना, बाँकेमा ३६ जना, रोल्पामा १ जना र रुपन्देहीमा ५१ जनामा कोरोना पाइएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १ जना, रुकुम पश्चिममा ३ जना, सल्यानमा १ जना, सुर्खेतमा २ जना र हुम्लामा १ जनामा कोरोना भेटिएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ७ जना, कञ्चनपुरमा २८ जना, कैलालीमा ६२ जना, डडेल्धुरामा ४ जना, डोटीमा १ जना, बझाङमा ८ जना, बाजुरामा २ जना र बैतडीमा ३ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।