नेपालगन्ज : सेवाग्राहीलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा अत्याधुनिक सेवाग्राही कक्ष सञ्चालन गरिएको छ ।
विशेषगरी नागरिकता, राहदानी लगायतका सेवा प्रवाह गर्दा हुने भिडभाड नियन्त्रण तथा व्यवस्थापनका लागि उक्त अत्याधुनिक सेवाग्राही कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालनमा ल्याइएको उक्त अत्याधुनिक कक्षको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । उद्घाटन गरिएको उक्त कक्षमा टोकन प्रणाली सिस्टम लागु गरिएकोछ ।
उद्घाटन गर्दै मेयर राणाले यसले कार्यालयमा हुने अनावश्यक भिडभाडमा कमी भई छिटो छरीतो र सहज तरिकाले सेवा प्रवाह हुने बताए । यसले सेवाग्राहीलाई मात्र नभइ कर्मचारीलाई समेत सहयोग पुर्याउने उनले बताए ।
सरकारी संरचना र व्यवहारहरु सेवाग्राहीमैत्री नभएको भन्दै शासन प्रकृया जनमैत्री र जनउत्तरदायी बनाउन सेवाग्राहीको सहजताका लागि सेवाग्राही कक्ष सञ्चालनमा ल्याईएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडाबाट एक–एक लाख सहयोग संकलन गरि कुल ३६ लाखको लागतमा उक्त सेवाग्राही कक्ष स्थापना गरिएको हो ।
टोकन प्रणालीमा बास नेपालगन्जले सहयोग गरेको छ भने पिउने पानी सहितको एक सय जना अट्ने क्षमताको उक्त अत्याधुनिक सेवाग्राही कक्ष निर्माण गरिएको छ ।
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी