नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप १२ जनाको मृत्यु भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ६ सय ६३ पुगेको छ ।
यसअघि बुधबार १४ जना संक्रमितको मृत्यु भएको थियो ।