देशभर सक्रिय संक्रमित ५.०४ प्रतिशत मात्रै

२ लाख ३१ हजार बढी निको भए, २४ घण्टामा १२१७ संक्रमित थपिए


देशभर सक्रिय संक्रमित ५.०४ प्रतिशत मात्रै

नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच नेपालमा सक्रिय संक्रमित संख्या करिब साढे १२ हजार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कुल कोरोना संक्रमित २ लाख ४५ हजार ६५० जना रहेकाछन् । जसमध्ये हाल देशभर १२ हजार ३६८ जना सक्रिय संक्रमित रहेकाछन् । आर्थत सक्रिय संक्रमित दर ५.०४ प्रतिशत रहेको छ ।

यो तथ्यांकलाई हेर्दा नेपालमा कोरोना संक्रमित ब्यक्तिहरु मध्ये निको हुनेको संख्या बढ्दै गएको मन्त्रालयले जनाएकोछ । कुल संक्रमित मध्ये हालसम्म २ लाख ३१ हजार ६०१ जनाले कोरोना भाइरस जितिसकेकाछन् । अर्थात संक्रमितमध्ये ९४.२ प्रतिशत निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म १८ लाख १३ हजार २०४ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पीसीआर परीक्षण भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बितेको २४ घण्टामा देशभर कुल महिला ४४३ र पुरुष ७७४ जनासहित एक हजार २ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा एक हजार ६४ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ६ सय ६३ पुगेको छ । यसअघि बुधबार १४ जना संक्रमितको मृत्यु भएको थियो । प्रतिशतमा हेर्दा ०.६८ प्रतिशत कुल संक्रमित मृतक संख्या रहेकोछ ।