आइसियु र भेन्टिलेटर ३६० कोरोना संक्रमित


आइसियु र भेन्टिलेटर ३६० कोरोना संक्रमित

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका बीच देशभर हाल ३ सय ६० जना आइसियु र भेन्टिलेटरमा रही उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये ३ सय १० जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढि बागमती प्रदेशमा र दोस्रो लुम्बिनी प्रदेशमा रहेकाछन् । बागमती प्रदेशमा १ सय १६ जना आइसियु र २५ भेन्टिलेटरमा छन् । भने लुम्बिनी प्रदेशमा १ सय १६ जना आइसियुमा र ३ जना भेन्टिलेटरमा रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै प्रदेश १ मा ३७ जना आइसियुमा र ७ जना भेन्टिलेटरमा, प्रदेश २ मा ६ जना आइसियुमा र २ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ८४ जना आइसियु र ९ भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ७ जना आइसियु र २ जना भेन्टिलेटरमा तथा सूदुरपश्चिम प्रदेशमा ७ जना आइसियुमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।