नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार बढि रहेकोछ । मन्त्रालयका अनुसार देशभर हाल ७ हजार ३ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
देशभर रहेका १२ हजार १ सय ४८ कुल संक्रमितमध्ये ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयद्वारा शुक्रबार सार्वजनिक तथ्यांकमा उल्लेखछ । बाँकी ४ हजार ८ सय ७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ । बागमती प्रदेशमा मात्र ४ हजार १ सय ९५ जना संक्रमित होम आइसोलेसनमा छन् ।
यस्तै प्रदेश १ मा ८ सय ९५ जना, प्रदेश २ मा १ सय ४४ जना, गण्डकी प्रदेशमा २ सय ११ जना, लुम्बिनी प्रदेशमा १ हजार १४ जना, कर्णालीमा ८४ जना र सुदूरपश्चिममा ७ सय ९८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसअघि बिहीबार ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा रहेका थिए ।