नेपालगन्ज : पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ जनाको मृत्यु भएको हो । योसंगै नेपालमा कोरोना भाइरस संक्रमित एक हजार ६ सय ७४ जनाको मृत्यु भएकोछ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार २ सय ७१ जना कोरोना संक्रमित निको भएकाछन् । योसगैं कोरोनाबाट निको हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना पुगेको मन्त्रालयले जनाएकोछ ।
मन्त्रालयका अनुसार शुक्रबार बेलुकासम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । यस्तै शुक्रबारसम्म देशभर सक्रिय संक्रमित संख्या १२ हजार १ सय ४८ जना रहेका छन् भने हालसम्म निको हुने दर ९४.४ प्रतिशत रहेको छ । हालसम्म देशभर १८ लाख २० हजार ६ सय १८ जनाको पीसिआर परीक्षण गरिएकोछ ।
मन्त्रालयका अनुसार शुक्रबार देशभर कोरोना संक्रमित थपिनेमा प्रदेशअनुसार हेर्दा प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा २४, धनकुटामा ३, मोरङमा ३७, संखुवासभामा ३ र सुनसरीमा १७ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धुनषामा ६, बारामा ३, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ३, सर्लाहीमा २ र सिरहामा ५ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय २ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २४, चितवनमा ३६, दोलखामा ५, धादिङमा ९, नुवाकोटमा ६, भक्तपुरमा ३४, मकवानपुरमा १६, रसुवामा २, ललितपुरमा १ सय ५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा १०, तनहुँमा २, नवलपरासी पूर्वमा ५, पर्वतमा ३, मुस्ताङमा १, म्याग्दीमा १, लमजुङमा ९, बागलुङमा ४ र स्याङजामा ६ जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा १५, नलवपरासीमा ८, पाल्पामा १३, पाल्पामा १३, प्यूठानमा २, बर्दियामा ६, बाँकेमा ३४, रोल्पामा १ र रुपन्देहीमा २४ जनामा कोरोना पाइएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा २, रुकुम पश्चिममा ५, सल्यानमा २ र सुर्खेतमा ४ जनामा कोरोना भेटिएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १५, कैलालीमा १५, डडेल्धुरामा ६, डोटीमा १, बझाङमा ३ र बैतडीमा ३ कोरोना भेटिएको छ ।