नेपालमा कोरोनाबाट मर्नेको संख्या १७ सय नजिक


नेपालमा कोरोनाबाट मर्नेको संख्या १७ सय नजिक

नेपालगन्ज : कोरोना भाइरस संक्रमणबाट नेपालमा एकैदिन थप १५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ६ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो ।