५२४२ जनाको परीक्षण गर्दा ८९९ जना संक्रमित थपिए


५२४२ जनाको परीक्षण गर्दा ८९९ जना संक्रमित थपिए

नेपालगन्ज : देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार २ सय ४२ जना पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो । योसगैं नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ ।

हालसम्म देशभर १८ लाख २५ हजार ८ सय ६० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, देशभर सक्रिय संक्रमित ११ हजार ६ सय ७३ छन् ।

यही समयमा १३ सय ५९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ३४ हजार २ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट नेपालमा एकैदिन थप १५ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ६ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो ।