नेपालगन्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोना संक्रमित ३८ वर्षिया महिलाको मृत्यु भएको हो ।
दैलेख नारायण नगरपालिका–१ निवासी ती महिला कार्तिक ७ गते भेरी अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् ।
उनलाई त्यसको दुई दिनअघि दैलेखमा संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पताल दैलेखमा दुई दिन भर्ना भएकी उनलाई स्वास्थ्य समस्या झन् बल्झिदै गएपछि र्कात्तिक ७ गते भेरी अस्पतालमा ल्याइएको थियो ।
भाइरस संक्रमण पुष्टि भएको ५२ दिनपछि अन्ततः शनिबार दिउँसो १ः ३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । रोगको प्रकृतिअनुसार, उनलाई सबै प्रकारको उपचार गर्दा गर्दै मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए ।
योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ६७ जनाको मृत्यु भएको छ ।