कोरोनाबाट कर्मचारीको मृत्यु भएपछि उप–महानगरपालिका बन्द


कोरोनाबाट कर्मचारीको मृत्यु भएपछि उप–महानगरपालिका बन्द

नेपालगन्ज : कोरोना भाइरस संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिकाका थप एक कर्मचारीको मृत्यु भएकोछ । कर्मचारीको मृत्यु भएसगैं उपमहानगरपालिका र मातहतका सवै वडा कार्यालयहरु बन्द गरिएका छन् । उपमहानगरपालिकाको शिक्षा शाखामा कार्यरत शाखा अधिकृत दानबहादुर विष्टको कोरोनाबाट मृत्यु भएको हो ।

यसअघि जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनको मृत्यु भएको तीन महिनापछि पुनः उपमहानगरपालिकाकै कर्मचारीको मृत्यु भएपछि यतिबेला उपमहानगरपालिका शोक र त्रासमा रहेकोछ ।

श्वासप्रश्वासमा समस्या भएपछि कोरोना जाँच गराएका विष्टको विहीबार पोजेटिभ रिर्पोट आएको थियो । कोरोना पोजेटिभ पाइएका विष्ट सो दिन घरमै होम आइसोलेसनमा बसेका थिए ।

होम आइसोलेसनमा बसेका विष्टलाई थप स्वास्थ्य समस्या भएपछि शुक्रबार भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ आइसोलेसनमा भर्ना गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा घर भएका विष्टको उपचारका क्रममा आईतबार बिहान २ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

यता नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरका अनुसार विष्टको सबैजसो परिवार कैलालीमा रहेकाले उनको शव कैलाली लगिएकोछ । उनको कैलाली चिसापनीमा दाहसस्कार गरिने जानकारी प्राप्त भएको उनले जानकारी दिइन ।

मृतक शाखा अधिकृत दानबहादुर विष्टको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै उपमेयर मगरले एकदिनका लागि उपमहानगरपालिकाका मातहतका सबै वडा कार्यालसहित उपमहानगरपालिका एक दिनका लागि बन्द गरिएको जानकारी दिइन् ।

उनले भनिन्–‘बिहान उपमहानगरपालिकामा शोक मनाउदै कार्यालय बन्द गरिएको छ । भने भोली सोमबारदेखि उपमहानगरपालिका कार्यालय खुल्नेछ ।’

यस्तै कोरोना संक्रमणबा यसअघि नेपालगन्ज उपमहानगरपालिकाकी एक जनप्रतिनिधीको मृत्यु भइसकेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २ घरबारीटोल निवासी ६७ वर्षिया शान्तिदेवि परियारको मृत्यु भएको थियो ।

परियार नेपाली काँग्रेस बाँकेकी नेतृ हुन् । भने उनी नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर–२ को निर्वाचित वडा सदस्य हुन् ।