नेपालगन्ज : कोरोना संक्रमित थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर रहेका यी संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित मृतकको संख्या एक हजार ६ सय ९८ पुगेको छ ।
यसअघि शनिबार १५ जना संक्रमितको मृत्यु भएको थियो ।