देशभर ८३० जनामा कोरोना संक्रमण


देशभर ८३० जनामा कोरोना संक्रमण

नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर ८३० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधीमा एक हजार ५०० संक्रमित निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९९४ छ ।

Kanti Aarogya Hospital Nepalgunj

तथ्यांक अनुसार कुल १८ लाख ३१ हजार ४१ पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार १० हजार ९९४ जना आइसोलेसनमा छन् ।

यसबीच कोरोना संक्रमित थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर रहेका यी संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमित मृतकको संख्या एक हजार ६ सय ९८ पुगेको छ ।

यसअघि शनिबार १५ जना संक्रमितको मृत्यु भएको थियो ।