कोरोनाबाट मृत्यु भएका कञ्चनपुरका पुरुषको अस्पतालपिच्छे फरक रिर्पोट


कोरोनाबाट मृत्यु भएका कञ्चनपुरका पुरुषको अस्पतालपिच्छे फरक रिर्पोट

नेपालगन्ज : भेरी अस्पताल नेपलागन्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १५ निवासी ५४ वर्षिय पुरुषको मृत्यु भएको हो । भेरी अस्पताल नेपालगन्जमा उपचाररत ती पुरुषको आईतबार राती साढे १२ बजे निधन भएको केन्द्रले जनाएकोछ ।

मृतक यी पुरुषको सेती अस्पताल कञ्चनपुर र भेरी अस्पताल नेपालगन्जमा कोरोना जाँच गर्दा फरक–फरक रिर्पोट आएकोछ । स्वास्थ्यमा समस्या आई यसअघि सेती अस्पतालमा कोरोना भाइरस जाँच गराउदाँ अस्पतालले यी ब्यक्तिमा कोरोना संक्रमण नदेखिएको भन्दै नेगेटिभ रिर्पोट दिएको थियो ।

नेगेटिभ रिर्पोट आएका ५४ वर्षिय पुरुषको स्वास्थ्य समस्या बढ्दै गएपछि मंसिर २२ गते थप उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना गरियो ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना भाइरस संक्रमणको आशंकामा पुनः जाँच गर्दा भेरी अस्पतालको प्रयोगशालाले कोरोना पोजेटिभ भएको रिर्पोट दियो । यसरी एउटै ब्यक्तिलाई दुई फरक अस्पतालमा जाँच गराउँदा कही नेगेटिभ र कही पोजेटिभ रिर्पोट आएपछि उनको परिवार दोधारमा रहेको बुझिएकोछ ।

केन्द्रका अनुसार बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ६९ जनाको ब्यक्तिको कोरोनाका कारण मृत्यु भइसकेको छ । भने हालसम्म बाँके जिल्लाका मात्रै ४१ जनाको मृत्यु भइसकेकोछ ।

यसैबिच, बाँकेमा सोमबार २० जनाले कोरोनालाई जितेका छन् । कोरोना पुष्टि भएपछि विभिन्न ठाउँमा आइसोलेशनमा बसेका उनीहरु डिस्चार्ज भएका हुन् ।