नेपालगन्ज : नेपालगन्जले फेरि प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेलाई पाएको छ । नेपालगन्जबाट काज सरुवा भई चितवन अस्पतालको प्रमुख भएर गएका डाक्टर पाण्डे नेपालगन्ज फर्केकाछन् ।
मेडिसिनमा अब्बल मानिने डाक्टर पाण्डे चितवन गएपछि नेपालगन्जमा उनको अभाव खड्किएको थियो । सिकलसेल एनिमिया रोग थारु जातीमा छ भनि पत्ता लगाएका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पाण्डे अन्तर्राष्ट्रिय जगतमा समेत नाम कहलाएका छन् ।
उनी चितवन गएपछि भेरी अस्पतालमा रहेका कोरोना विरामीहरुको उपचारमा समस्या देखिनुका साथै नेपालगन्जबासीहरु पनि राम्रो उपचार पाउन सकेका थिएनन् ।
उनको आगमनले धेरै हदसम्म विरामीहरुको उपचारमा सहज हुने देखिएको छ । डाक्टर पाण्डेले भने -अब म केही वर्ष यही बसेर नेपालगन्ज र आसपास क्षेत्रका विरामीको सेवा गर्छु ।