थप ८२१ जनामा कोरोना संक्रमण


थप ८२१ जनामा कोरोना संक्रमण

नेपालगन्ज : पछिल्लो २४ घण्टामा ८२१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ ।

मन्त्रालयका अनुसार यही समयमा देशभरबाट थप ८४२ संक्रमित निको भएका छन् । योसंगै हालसम्म २ लाख ३६ हजार ५७३ संक्रमित निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार १० हजार ९५५ जना आइसोलेसनमा छन् । तथ्यांक अनुसार कुल १८ लाख ३६ हजार ४६४ पीसीआर परीक्षण गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या १७ सय नाघेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ७ सय १६ पुगेको छ । यसअघि आईतबार ९ जना संक्रमितको मृत्यु भएको थियो ।