जमुनाह नाकामा स्थायी हेल्थडेस्क


जमुनाह नाकामा स्थायी हेल्थडेस्क

नेपालगन्ज : नेपालगन्जस्थित जमुनाह नाकामा स्थायी रुपमा हेल्थ डेस्क स्थापना हुने भएको छ ।

५० लाखको लागतमा नाकामा स्थायी संरचना निर्माण गर्न लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीको दरबन्दी समेत स्वीकृत गरिसकेको छ ।

कोभिड–१९ लगायत अन्य संक्रमक रोगको नियन्त्रणका लागि नाकामा चिकित्सक सहित स्वास्थ्यकर्मी परिचालन हुन् ।

हेल्थडेस्कमा प्रयोगशाला समेत रहने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहितको टोलीले हेल्थडेस्क निर्माण गरिने स्थानको सोमबार स्थलगत अनूगमन गरि जानकारी लिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य शाखा प्रमुख चन्दले स्थायी संरचना तयार नहुेञ्जलसम्मका लागि स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाको सुविधा सम्पन्न अस्थायी संरचना तथा अन्य प्राविधिक सहयोगमा हेल्थ डेस्कको काम सुरु गर्न लागिएको जानकारी दिए ।

स्वास्थ्यका लागि सक्षम प्रणालीका प्राविधिक अधिकृत सावित्री भट्टले उपमहानगरपालिकासँग समनवय गरी काम गर्न लागिएको बताइन् ।

उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहितको टोलीले सोमबार नै वडा नम्बर ४ मा रहेको शहरी स्वास्थ्य क्लिनिक र निर्माणाधिन स्वास्थ्य केन्द्र भवनको स्थलगत अनूगमन गरी जानकारी लिएकाछन् ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत खड्काले स्वास्थ्य संस्थामा औषधीको प्रर्याप्तता लगायतका विषयमा स्वास्थ्यकर्मीसँग जानकारी लिएका थिए ।