देशभर ९ हजार ८८१ सक्रिय संक्रमित


देशभर ९ हजार ८८१ सक्रिय संक्रमित

नेपालगन्ज : नेपालमा थप ९३६ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५ हजार एक सय ८१ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पीसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै मन्त्रालयका अनुसार मङ्गलबार एक हजार ९ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।
यसैगरी मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएकोछ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ७ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।