नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका फिजिसियन डाक्टर विपिन आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि डाक्टर आर्चायले सोमबार पीसीआर परीक्षण गराएका थिए ।
ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि नमूना दिएका डाक्टर आचार्यलाई मङ्गलबार आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको छ ।
कोरोना पोजेटिभ पाइएपछि उनी यतिबेला भेरी अस्पतालको आइसोलेसन वार्डमा रही स्वास्थ्य लाभ लिइरहेका छन् ।
डाक्टर आचार्य कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण, निदान र नियन्त्रणमा अग्रपक्तिमा रहेर खटिदै आएका थिए ।
भेरीका अधिकांश चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ स्टाफ भाइरस संक्रमित भइ पुनः विरामीको उपचारमा खटिरहेकाछन् ।