नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मङ्गलबार बाँकेमा थप १७ जनामा कोरोना संक्रमण देखिएकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १० जना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ७ जना गरि ५ महिला र १२ पुरुष सहित थप १७ जनामा कोरोना पुष्टि भएको हो । यो सङ्गै बाँकेमा कुल संक्रमित संख्या ४ हजार २०० पुगेको छ ।
केन्द्रका अनुसार चार जना कोहलपुरका, २ जना राप्तीसोनारीका र एक जना खजुरा गाउँपालिका तथा बाँकी सबै नेपालगन्जका ब्यक्तिमा संक्रमण देखिएको हो ।
हालसम्म बाँकेमा संक्रमितमध्ये ३ हजार ९९९ जना कोरोना मुक्त भईसकेका छन भने, ४१ जनाको ज्यान गैसकेको छ । अब १६० जना सक्रिय संक्रमित उपचाररत रहेको केन्द्रले जनाएकोछ ।