नेपालगन्ज : भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले अब सुकुम्बासीको घरमै लालपुर्जा पुग्ने बताएका छन् । खजुरा गाउँपालिकाको आयोजनामा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले अहिले आयोगले फरक विधिबाट काम गरिरहेको बताउँदै स्थानीय तहसंगको साझेदारीमा आयोगले भूमिहीन, अव्यवस्थित बसोबास गरेकालाई घरमै पुर्जा दिने व्यवस्था मिलाइएको उल्लेख गरे । ‘पहिलेको जस्तो यो आयोगले सुकुम्बासीलाई सदरमुकाम बोलाएर दुःख दिदैन’ उनले बताए ।
अध्यक्ष ज्ञवालीले ‘भूमि सम्बन्धी ऐनको आठौं संसोधनमा कानूनी व्यवस्था भए अनुसार आयोगले नयाँ विधि र प्रक्रियाबाट काम गर्ने जनाउँदै अब पालिकास्तरमा इकाई कार्यालय हुने र स्थानीय तह प्रमुखको संयोजकत्वमा सहजिकरण समिति हुने बताए ।
‘पालिका उपप्रमुख सहसंयोजक हुने उक्त समितिमा राष्ट्रिय दलका प्रतिनिधि, कार्यपालिका दलित महिला सदस्य, भूमिहीन संस्थाका प्रतिनिधि सदस्य रहेको समितिले पालिकास्तरमा काम गर्ने आयोगका अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
वडास्तरमा समेत सहजिकरण समिति निर्माण भइ सोही समितिले घरमै पुगेर विवरण संकलन गर्ने र पालिकालाई सिफारिस गर्ने पालिकाको वोर्डले जिल्ला र जिल्लाले केन्द्रलाई सिफारिस गरेको १५ दिनभित्र उनीहरुको विवरण जिल्लामा सदर भएर आउने अध्यक्ष ज्ञवालीले भनाई छ ।
उनले यसरी विवरण आए लगतै नापीले नक्सा र मालपोतले श्रेष्ता कायम गरेपछि फेरी पालिकामार्फत घरमै पुगेर लालपुर्जा वितरण गरिने व्यवस्था मिलाइएको उल्लेख गरे ।
यसरी विवरण संकलनका क्रममा सिफारिस गर्नेले गलत मान्छेलाई सिफारिस गरेको खण्डमा २५ हजार जरिवाना हुने र जग्गा लिने व्यक्तिलाई १ वर्ष कैद, जग्गा लिने व्यक्तिको जग्गा जफत, १ लाख जरिवाना हुने कानूनी व्यवस्था भएको पनि अध्यक्ष ज्ञवालीले बताए ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा क्षेत्रका सबै राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसैबीच खजुरा गाउँपालिकामा स्थापना भएको भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालयको पनि अध्यक्ष ज्ञवालीले उद्घाटन गरेका छन् ।
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी