पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु हुदाँ थप ७३६ जनामा संक्रमण


पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु हुदाँ थप ७३६ जनामा संक्रमण

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएकोछ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा १७ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६ जना कोरोना संक्रमण देखिएकोछ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको मन्त्रालयले जनाएकोछ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५५ जनाको पीसिआर परीक्षण गरिएको थियो । नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पीसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ४ सय ५२ जना रहेका छन् भने नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन् ।

यस्तै आज ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।